काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्दे हुनुहुन्छ । नेपालको ४०औँ प्रधानमन्त्रीका रुपमा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएपछि आज मन्त्रिमण्डल थप बिस्तार गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार मध्याह्नसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको छ। श्रोतकाअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्तलगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै काँग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

त्यसैगरी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभू साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ ।

– नेपाली कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी हुने भनिएका नाम

१. यज्ञबहादुर थापा
२. सञ्जय गौतम
३. रामकृष्ण यादव
४.राजन केसी
५ भीमसेनदास प्रधान
६. अम्बिका बस्नेत
७. मोहन बस्नेत
८. वीरबहादुर बलायर
९. मीनबहादुर विश्वकर्मा
१०. अर्जुन जोशी

– मओवादी केन्द्रबाट मन्त्रिमण्डलमा सहभागी हुने र्चामा रहेका नाम

१. गिरिराजमणि पोखरेल
२. श्यामकुमार श्रेष्ठ
३. टेकबहादुर बस्नेत
४. शिवकुमार मण्डल
५. महेन्द्रबहादुर शाही
६. सीता नेपालीलगायतको

– फोरम लोकतान्त्रिकबाट

१. जितेन्द्रनारायण देव

– नेकपा संयुक्तबाट
१.मिथिला चौधरी

 

Comments

comments