काठमाडौँ । कोरियामा रोजगारी गर्न जानका लागि लिइएको भाषा परीक्षाको रिजल्ट सार्वजनिक भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको रिजल्ट मंगलबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी ६८ हजार मध्ये १२ हजार सफल भएका छन्। उत्तीर्ण भएकामध्ये करिब ७ हजारजनाले कृषिका लागि नाम निकालेका छन् ।

Comments

comments