काठमाडौं । आइसीसी अन्डर नाइन्टिन एसिया छनोटबाट नेपाल बाहिरिएको छ ।

सिंगापुरमा भएको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको हो । अन्तिम खेलमा १ सय ९६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल ४० दशमलब ३ ओभरमा अल आउट भयो ।

नेपाल ९९ रन सिमित हुँदा ९६ रनले पराजित भएको हो । नेपाल पराजित भएसँगै अफगनिस्तान आइसीसी अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगीताको लागी छनौट भएको छ । एसियाली क्षेत्रको छनोटको अन्तिम  खेलमा नेपाललाई ९६ रनले पराजित गर्दै अन्डर नाइन्टिन विश्वकपको लागी छनौट भएको हो ।

यस अघि इण्डियन एसोसियसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४७ ओभरमा १ सय ९५ रन बनाउँदै अलआउट भएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाड्रनले शतकीय पारी खेलेका थिए । जाड्रनले १ सय १४ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै, इक्राम अलीले २४ र नाभिद ओबैडले २२ रन जोडेका थिए । बलिङतर्फ यता नेपालका साहब आलमले ४, उपकप्तान दिपेन्द्र सिहं ऐरीले ३ तथा कप्तान लामिछाने र पवन सर्राफले एक एक विकेट लिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments