डडेल्धुरा । जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटीे श्रीखण्डको व्यवसायिक खेती शुरु गरिएको छ ।

जिल्लाका ग्रामीणभेगका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरी खेती गर्न थालेका छन् । नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताउनुभयो । उहाँले बगरकोटमा नर्सरी स्थापना गर्नुभएको छ ।

‘जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,’ उहाँले भन्नुभयो । नर्सरीमा ५०० बिरुवा उमार्नुभएका जोशीले प्रतिबिरुवा तीन सय रुपैयाँका दरले बिक्री गर्न थाल्नुभएको छ । उहाँले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गर्नुभएको हो । एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ । प्रतिरुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ । बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ ।

श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय हुनुभएको छ । धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ । यसको महत्व बुझेपछि जिल्लाका अन्य गाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन् । ‘बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,’ अजयमेरुकी राजेश्वरी भट्टले भन्नुभयो ।

श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ । पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments