काठमाडौं । अमेरिकाको हिमाल आरोहण गर्ने क्रममा गत असार २ गते हाइ अल्टिच्युडका कारण मृत्यु भएका कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव मृत्यु भएको ४० दिनपछि नेपाल आइपुगेको छ ।

पण्डितको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन राष्ट्रिय खेलकुद परिषदमा खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रका व्यक्तित्वदेखि राजनीतिज्ञसम्म  पुगेका थिए ।

श्रद्धान्जलीदिन गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पण्डितको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नु भएको थियो ।

परिवारका सदस्यका अनुसार उहाँको अन्त्येष्टि गृहजिल्ला प्यूठानमै गरिने हुँदा शव आजै हेलिकोप्टरमार्फत प्यूठान लगिनेछ । त्यसअघि प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि दिइनेछ ।

सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसक्नु भएका २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १ सय ९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।

उहाँले सन् २०१४ मा युरोपको उच्च शिखर एलब्रुसको सफल आरोहण गरी माइनस ६० डिग्रीको चिसोमा ६ मिनेट ३ सेकेण्डसम्म नांगिएर विश्व कीर्तिमान कायम गर्नु भएको थियो । उहाँको शव सोमबार राति काठमाडौं आइपुगेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments