काठमाडौं । चलचित्र सायद २ को असफलतासँगै नाटकीय रुपमा सतहमा आएको नायिका श्यारोन श्रेष्ठ र निर्माता सुनिल रावलबीचको विवादको अन्त्य भएको छ ।

उनीहरुबीचको विवादले नेपाली फिल्मी क्षेत्र निकै तातेको थियो । तर निर्माता संघ,कलाकार संघका अध्यक्ष र दुई पक्ष सहित बसेको बैठकले यो बिबाद मिलाएको छ ।

दुवै पक्षका पारिवारिक सदस्यको उपस्थितिमा अवदेखि दुवै पक्षबाट एक अर्काको व्यक्तिगत तथा व्यावसायिक बिषयलाइ लिएर मानमर्दनमा आँच आउने अभिव्यक्ति नदिने सहमति भएको छ । चलचित्र सायद २ को व्यवसाय चौपट भएकै बेला नायिका श्यारोनले यौन दुव्र्यवहारको आरोप लगाएपछि निर्माता रावल निकै तनावमा थिए ।

श्यारोनको आरोपमा समर्थन जनाउँदै अष्ट्रेलिया पुगेकी अर्की नायिका प्रकृति श्रेष्ठले पनि फेसबुक स्टाटस लेखेपछि विवाद झन् बढेको थियो । प्रकृति श्रेष्ठले पनि निर्माता रावलकै क्याम्पबाट डेब्यू गरेकी थिइन् ।

Comments

comments