काठमाडौँ । हङ्गेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

शाक्यले एक सय मिटर ब्रेष्ट स्ट्रोक एक मिनेट २६.१३ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भंग गरेको नेपाली टोली व्यवस्थापक पारश श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सन् २०१५ मा काठमाडौँमा भएको २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उक्त दूरीमा गौरिकाले एक मिनेट २६.७२ सेकेन्डसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments