लमजुङ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा घरधनीले ताला लगाइदिएका छन । नयाँपत्रिाकामा समाचार छ ।

कार्यालय प्रायोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले ताला लगाएका हुन् । बेसीशहर नगरपालिकाको वडा–८ शेरा ओरालोमा रहेको वाग्लेको घरमा राप्रपा कार्यालय रहेको थियो ।

विगत ८ बर्षदेखि कार्यालय राखिएकोमा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए । वाग्लेले सोमबार बेसीशहरमा पत्रकार भेटघाट गरि राप्रपासँग घरभाडा बापतको १ लाख ५९ हजार रुपियाँ लिन बाँकी रहेको बताए ।

उक्त वक्यौता रकम २०७१ सालको ३० हजार, २०७२ सालको मासिक रु। ४ हजार ५ सयका दरले ५४ हजार, २०७३ सालको मासिक ५ हजारका दरले ६० हजार रुपैँया र २०७४ सालको बैशाखदेखी असार आजसम्मको १५ हजार बढी रकम तिर्न बाँकी रहेको पिडित वाग्लेले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments