काठमाडौँ । पितृसत्तात्मक नेपाली समाजमा अहिले पनि छोरीलार्इ बाबु अन्माएर जुवाइँको घरमा पठाउने चलन यथावत छ । दुःख कष्ट गरेर हुर्काएकी छोरी जुवाइँलाई जिम्मा लगाएर पठाउँदा या अर्काकी छोरीलाई बुहारी बनाएर भित्र्याउँदा बाबुआमाको मन कस्तो होला ? तर, परम्परादेखि चल्दै अाएको चलनलार्इ समाजले सहर्ष स्वीकार्दै अाएको छ ।

परम्परागत बिहेको संस्कार फेरिँदै अहिले बिहे गर्ने तौरतरिका पनि विस्तार फेरिँदै गएको छ । बाबुआमाले कुनै बेला घरको आँगनबाट छोरी अन्माउँथे भने बुहारी पनि त्यहीँबाट भित्र्याउँथे । तर अहिले आँगनमा मात्रै बिहे सीमित छैन । समय अनुसार छोराछोरीको बिहे कार्यक्रम विस्तारै होटेल, पार्टी प्यालेसमा पुग्दैछ । त्यसक्रममा अनिवार्य पाटो भएको छ बिहे कार्यक्रमको फोटोग्राफी र भिडियोग्राफी ।

जीवनमा एक पटक गरिने बिहेलाई जो कसैले फोटो भिडियोमार्फत जीवनभर सम्झिरहन चाहन्छ । बिहेमा फोटो खिच्ने क्रम पनि अहिले व्यवासयिक बन्दै गएको छ । बिहेको फोटो र भिडियो खिच्ने फोटो तथा भिडियोग्राफरहरु पनि नेपालमा प्रशस्नै बढ्दैछन् ।

यो वर्ष बिहेको फोटोहरुको प्रतियोगिता क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१७ सम्पन्न भएको छ । यसको उपाधि चितवनका सुमन सापकोटाले जितेका छन् । उनले क्यानन ६ डी क्यामेरा पुरस्कार जित्न सफल भए ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले जिते । उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा जिते । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले पाए । उनलाई क्याननकै ७५० डि क्यामेरा प्रदान गरियो ।

पुरस्कृत तथा उत्कृष्ट दशमा पर्न सफल भएका फोटोग्राफरहरुबाट कैद बिहेका उत्कृष्ट १० तस्बिर एक पटक हेरौँः

Comments

comments