काठमाडौं । आइसीसी यू–१९ एसिया विश्वकप छनोट खेलमा मलेसियबाट नेपाल सामु ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यू–१९ विश्वकप एसिया छनोट खेल अन्र्तगत पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिला ब्याटिङको निम्तो दिएको नेपालले मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछाने उत्कृष्ट ७ विकेट हात पारे ।

धारिलो बलिङसँगै कप्तान सन्दिप लामिछानेले एउटै प्रतियोगितामा सर्वाधिक ३ पटक ५ विकेट लिने कीर्तिमान रचेका छन् । खेलमा मलेसिया ३५ दशमल १ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन जोड्न सफल भयो । जारी खेलमा नेपालले जवाफी ब्याटिङ गर्दै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments