काठमाडौं । चीनविरोधी प्रदर्शनमा सक्रिय एकजना तिब्बती विद्यार्थीले आत्मदाह गरेकी छन् ।

हिमालय (तिब्बत) क्षेत्रमा चिनिया शासनको  विरोधमा प्रदर्शनरत एकजना तिब्बती छात्राले भारतको वाराणसीमा आात्मदाह गरेकी छन् ।

विरोध प्रदर्शनका क्रममा १९ वर्षीया तेन्जीन चोङ्गले एक साताअघि वाराणसीको एउटा विश्वविद्यालय बाहिर आफैँलाई आगो लगाएकी थिइन्।

यसक्रममा उनी गम्भीररूपमा घाइते भएकी थिइन् । उनलार्इ उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएपछि ज्यान गएको हो ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनका क्रममा चोइङ्ग तिब्बत जिन्दाबादु को नारा लगाइरहेकी थिइन् । त्यसपछि उनले शरीरमा मट्टीतेल हालेर आफैँलार्इ आगो लगाएकी थिइन् । तिब्बतमा चीनविरूद्ध प्रदर्शनमा आत्मदाहका घटना भइरहन्छन् ।

एक अनुमान अनुसार सन् २००९ यता करिब डेढ सय जना तिब्बतीहरूले चीनविरूद्ध प्रदर्शनका क्रममा आत्मदाह गरिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments