सप्तरी । राजविराजका एक भारतीय नागरिकले व्यापार घाटा पूर्ति गर्न आफै अपहरित भएको नाटक गरेका छन् । भारतको सुपौल जिल्ला डगमारा ग्राम पञ्चायत ८ थाना कुनैलीका २० वर्षीय देवचन्द्र कुमार मण्डलले आफै अपहरणमा परेको नाटक गरेका हुन् ।

मोटर ग्यारेज सञ्चालन गर्दै आएका भारतीय नागरिक मण्डललाई कारोबारमा घाटा भएपछि त्यसको पूर्ति गर्न उनले नेपालमा रहेका आफ्ना मित्र नागेन्द्र र रविनको सहयोग लिई आफ्नै अपहरणको नाटक रचेका थिए ।

प्रहरीले मण्डल र उनका सहयोगी सप्तरी सूरुंगा नगरपालिका–५ का नागेन्द्र चौधरी र सिरहा धनगढी नगरपालिका–४ का रविन चौधरीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments