काठमाडौं । मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक प्रदेश’को मागलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा ब्युँत्याइने भएको छ ।

समग्र मधेस एक प्रदेशको मुद्दा ब्युँताउन भन्दै माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।

शनिबार काठमाडौंमा एक भेलाको आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरूसमेत छन् ।

यो संगठनमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा.रामकेवल साहलगायतका नेता छन् । यादवसँगै माओवादी केन्द्रका अर्का नेता गोपाल ठाकुरसमेत यो अभियानमा जुटेका छन् । ठाकुर संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिमा समेत छन् ।

मधेस भ्वाइस एसेम्बलीमा सदस्य रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले नेताहरूले एक मधेस प्रदेशलगायतका मधेसको मुद्दा बिर्सिएकाले त्यसलाई उठान गर्न जुटेको बताए ।

विभिन्न पार्टीमा रहेका मधेसी नेताहरूको एउटै फोरम निर्माण गर्दै बृहत् आन्दोलनको तयारी गर्न संगठन गठन गरिएको नेताहरूले बताएका छन् । यसका लागि नवगठित संगठनले मधेसमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तिवारीले बताएका छन् ।

संगठनमा सहभागी माओवादी केन्द्रका नेतागोपाल ठाकुरले मधेसका विभिन्न मुद्दालाई एक ठाउँमा ल्याएर समाधानको पहल गर्न फोरम गठन गरिएको बताए । फोरममार्फत मधेसका सबै मुद्दा र माग पूरा गराउन सामूहिक दबाब दिइने जानकारी दिए । समग्र मधेस एक प्रदेशको माग सुरुमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments