काठमाडौं । उपत्यकाका सडकका खाल्डा ग्राभेल मात्र हालेर पुर्न थालिएको छ । ग्राभेलले मात्र पुरेको सडक भोलिपल्ट उस्तै हुने गरेका छन् । कतिपय ठाउँमा सवारी गुड्दा गुड्दै पनि ग्रभेल उप्किन थालेको छ ।

अहिले काम चलाउका रुपमा खाल्डा पुर्ने र हिउँद लागेपछि त्यसलाई पक्कि बनाइने खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीले बताएका छन् । उनीहरुका अनुसार निरन्तर पानी परिरहेकाले सडक पक्की बनाउन समस्या परेको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले पानी नपरेको मौका छोपेर काम गर्नुपरेका कारण सोचे जस्तो प्रगति नभएको बताए । उनले यस विषयमा आइतबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा स्थानीय तहलाई समन्वय गरी काम गर्न निर्देशन दिएको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments