काठमाडौं । शुक्रबार राति आफ्नै हाटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।

शिक्षण अस्पतालमा परिक्षणका लागि राखिएका शव अझै परीक्षण हुन नसकेका छैनन् । दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालका कान्छी श्रीमती पूजा दाहालले ८ महिनाअघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ ।

‘दुई श्रीमती  रहेका राजारामसँग अंश लिएर कान्छी श्रीमती पूजाले सम्बन्ध विच्छेद गरेको देखियो’ बनेपा नगरपालिका २ का वडा अध्यक्ष हरि घिमिरेले बताउनुभयो । ‘जेठी श्रीमतीलाई मार्ने नियतले कान्छी श्रीमती पूजाले भएको सबै सम्पत्ति आफ्नो नाममा बकस गराएर सम्बन्ध विच्छेद गरेको हुन सक्ने आशंका भएको छ’ वडा अध्यक्ष घिमिरेले भन्नुभयो ।

पूजाले श्रीमान राजाराम, ससुरा हरिभक्त र साू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पूजाले राजारामसँग छोरा पुजन श्रीमानसँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन तर उनी पहिलाकै हैसियतमा श्रीमानसँगै बसिरहिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments