पाकिस्तानमा सरकारको राजीनामा माग्दै भइरहेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार सयभन्दा बढी घाइते भएको  सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै केही सातादेखि भइरहेको प्रदर्शनका क्रममा  प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि झडप भएको हो। कयौं प्रदर्शनकारिलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ  र मौलवी ताहिरुल क़ादरीको पाकिस्तानी अवामी तहरिकले केही सातादेखि सरकारविरुद्ध आन्दोलन चर्काएका हुन् । गत वर्षको चुनावमा धाँधली भएको आरोप उनीहरुको छ। पुनः निर्वाचन हुनुपर्ने उनीहरुको माग छ। यसअघि यी दुई पार्टीका समर्थकहरू नाराबाजी गर्दै संसद भवन परिसरमा प्रवेश गरेका थिए। प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। झडपमा २ सय ६४ जना घाइते भएका थिए, घाइते हुनेमा  २६ जना प्रहरी समेत थिए |
सरकारले प्रधानमन्त्री निवासदेखि सम्पूर्ण रेड जोनको सुरक्षा जिम्मा सेनालाई दिएको छ। आवश्यक परे सेनालाई कारबाहीको आदेश दिन सकिने रक्षामन्त्री ख्वाजा आसिफले बताएका छन्।
01PAKISTAN2-articleLarge

Comments

comments