काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव जित्नका लागि पैसाको बाकस नै बोक्नु पर्ने समय आएको बताउनु भएको छ ।

केन्द्रीय सचिवालय विस्तारित बैठकको निर्णय सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका दाहालले यस्तो बताउनु भएको हो ।

‘संसदमा व्यक्ति उठ्ने प्रवृतिले निर्वाचन अत्यन्तै खर्चिलो तथा तडकभडक पूर्ण हुँदै गएको छ, चुनावमा उठ्दा पैसा बाक्सामै बोक्नुपर्ने अवस्था छ’ दाहालले भन्नुभयो, ‘यही बुझेरै हामीले पहिल्यैदेखि संसद पूर्ण समानुपातिक हुनुपर्छ भनेका हौ, प्रत्यक्ष चुनावदेखि डराएका होइनौं, त्यसलाई नेपाली कांग्रेस र एमालेले मानेन । त्यसबेला संसदमा समानुपातिक प्रणाली भित्र्याउन घम्साघम्सी नै गर्नु परेको थियो । त्यही समानुपातिकले उनीहरुको राजनीति जोगियो, नत्र खतम भएका थिए ।’

अध्यक्ष दाहालले त्यसको लागि जनताबाट निर्वाचित राष्ट्रपति र संसदलाई पूर्ण समानुपाति बनाउन अन्य दलसँग छलफल चलाउने तर संघर्ष भने नगर्ने बताउनुभयो । माओवादी केन्द्रले कार्यकारी अधिकारसहितको राष्ट्रपद्धतिय प्रणालीमा जोड दिदै संसदको निर्वाचन पूर्ण समानुपातिक बनाउनुपर्ने प्रस्ताव गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments