मेलबर्न । अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने डेन्टिस्ट्री पढाइ विश्वमै राम्रो मानिन्छ । यहाँ पढाई प्रयोगात्मक अभ्यासमा आधारित हुन्छ ।

युएनएसडब्लु,जेम्स कुक युनिभर्सिटी, मोनश युनिभर्सिटी,द युनिभर्सिटी अफ अक्ल्याण्ड, युनिभर्सिटी अफ तस्मनियामा अन्डरग्राजुएट मेडिकल डिग्री पढाइ हुन्छ । त्यस्तै स्नातक तहको डेन्टिस्ट्री पढाई युनिभर्सिटी अफ अडेलेड, युनिभर्सिटी अफ क्विन्सल्याण्ड, जेम्स कुक युनिभर्सिटी र युनिभर्सिटी अफ ओटागोमा हुन्छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा डेन्टिस्ट्री पढ्नको लागि परीक्षा दिनुपर्ने हुन्छ । उक्त परीक्षाको समयमा भर्ना प्रक्रिया र शुल्क सम्बन्धि जानकारी समेत दिईन्छ ।

अन्य फरक विषयहरुमा डिग्री हासिल गरेका विद्यार्थीहरुले पनि डेन्टिस्ट्री पढ्न पाउँछन् । यो कोर्स चार वर्षको हुन्छ । भर्नाको लागि मेडिकल स्कुल्स एडमिसन टेस्ट पास गर्नुपर्ने हुन्छ । युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ क्विन्सल्याण्ड, फ्लिनडर्स युनिभर्सिटी , ग्रिफिथ युनिभर्सिटी, युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियन नेशनल युनिभर्सिटी र मोनश युनिभर्सिटीमा यो कोर्स पढाइ हुन्छ ।

पछिल्लो समय अष्ट्रेलिया र न्युजिल्याण्डमा डेन्टिस्ट्री पढेका डाक्टरहरु यु.केमा आफ्नो करियर विस्तार गरिरहेका छन् ।

यु.केमा रजिस्ट्रेसनको लागि जेनेरल डेन्टल काउन्सिल ओभरसिज रजिस्ट्रेसन एक्जाम दिनुपर्ने हुन्छ ।

अष्ट्रेलिया र न्युजिल्यान्डमा डेन्टिस्ट्री पढेकाहरुको लागि राम्रो करियरको अवसर छ । अष्ट्रेलियामा डेन्टिस्टको औसत आम्दानि १ लाख डलरदेखि माथि रहेको अध्ययनहरुले देखाउँछन् ।

-हिमालयन कङगारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments