एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जी–२० सम्मेलनमा भएको भेटलाई लिएर सबैको चासो र चर्चाको बिषय बनेको छ ।

ट्रम्पले पुटिनसँगको भेटमा अमेरिकाले सन् २०१२ मा संसदबाट पास गरेको ऐन ‘मेग्निटस्की एक्ट’ को बारेमा कुराकानी भएको बताएका छन् । सरकारी आलोचक सर्गेई मेग्निटस्कीको रुसी जेलमा भएको निर्मम मृत्युपछि अमेरिकाले रुसमाथि भिसा प्रतिबन्ध लगाउनुका साथै ‘मेग्निटस्की एक्ट’ संसदबाट पास गरेको थियो ।

मेग्निटस्की एक्टको जवाफमा रुसले दीमा येकोलेव एक्ट लागू गरेको थियो । यो ऐन अनुसार अमेरिकी नागरिकले रुसका अनाथ बालबालिकालाई अपनाउन पाउँदैनन् ।

जी–२० सम्मेलनमा १८ देशका राष्ट्राध्यक्षबीचमा ट्रम्प र पुटिनले मेग्निटस्की र येकोलेव ऐनलाई खारेज गर्नेबारे कुराकानी गरेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments