काठमाडौं । पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात–अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्द्रीय समिति बैठकमा नेताहरूले ०४६ सालयता भएका विभिन्न निर्वाचनमा नेतृत्वकै कारण कांग्रेस पछि परेको भन्दै चर्को आलोचना गरे।

कांग्रेसप्रतिको जनमतलाई सम्मान गर्न पनि नेतृत्वले हालै सम्पन्न स्थानीय निर्वाचनको पराजयमा नैतिक जिम्मेवारी लिनुपर्ने र प्रदेश २ को निर्वाचनमा विशेष रणनीति बनाउनुपर्ने उनीहरूको भनाइ छ। बैठकमा केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनको परिणाम, संविधान संशोधन, मन्त्रिपरिषद् विस्तार, प्रदेश २ को निर्वाचन रणनीति, प्रदेश र संसद्को निर्वाचनलगायत विषयमा धारण राखेका थिए।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति तत्काल गठन गर्न माग गर्नुभयो। त्यही समितिमार्फत प्रदेश २ को स्थानीय चुनावका लागि टिकट वितरण गर्नुपर्ने धारणा व्यक्त गर्दै पौडेलले सानेपा (पार्टी)र सिंहदरबार (सरकार) लाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो।

पदाधिकारी नियुक्ति गर्न र केन्द्रीय समिति र विभागलाई पूर्णता दिन पनि उहाँले आग्रह गर्नुभयो। ‘कांग्रेसको महाधिवेशन सकिएको अढाई वर्ष बितिसक्दा पनि किन पार्टीका विभाग र समितिले पूर्णता पाउन सक्दैनन् ?’ उहाँले भन्नुभयो, ‘टिकट वितरणमा कमजोरी भएकाले दुई चरणको चुनावमा अपेक्षाअनुसार परिणाम आएन। अब संसदीय समिति गठन गरेर त्यसमार्फत टिकट वितरण गर्नुपर्छ।’

बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल समूहका नेताहरूले निर्वाचनमा पार्टीको पराजयका विषयमा फरक–फरक धारणा प्रस्तुत गरेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments