इलाम । भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको दार्जिलिङ, मिरीक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आमहड्तालले शनिबार ३७ दिन पुरा गरेको छ।

भोकमरीले वागननदेखि सडकसम्म राज गरी सक्यो तर त्यहाँ उठेको बेग्लै गोर्खाल्याण्डको मागलाई सरकारले सुनेजस्तो समेत गरेको छैन। पछिल्लो पटक बंगालकी मुख्य मन्त्री ममता व्यनर्जीले पहाडमा जसरी पनि शान्ति ल्याउनेु बताएपछि गोर्खा जनमुक्ति मोर्चाको नेत्री निरा शर्मा बंगाल सरकार पहाडको आन्दोलनलाई थप दवाउने मुडमा रहेको बताउनु हुन्छ।

लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेको मोर्चा र व्यनर्जी सरकारले आन्दोलनकारीको मुद्धा नसुने पनि केन्द्रको मोदी सरकारले सुन्ने आशमा रहेका आन्दोलनरत दलहरु केन्द्रले पनि आन्दोलनलाई ‘खास सम्बोधनु नगरेपछि निराश बनेका छन्।

भारत सरकारले आन्दालनको वेवास्था गरेपछि आन्दोलनकारी मध्येको एक घटक गोर्खा जनमुक्ति मोर्चाका १२ जना युवा कार्यकर्ता शुक्रबारदेखि गोर्खाल्याण्का चार सथानमा आमरण अनसनमा बसेका छन्। उनीहरुले माग पुरा नभए ज्यानको आहुती दिने बताएका छन्।

दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धन प्रसाद शुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेपछि युवा मोर्चाका अध्यक्ष प्रकास गुरुङले गोर्खा ल्याण्डका लागि बलिदान दिन मोर्चाको युवाहरु तयार भएको प्रतिकृया दिनुभएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments