काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन योङ कम्युस्टि लिग वाईसीएल) ब्युँताउँने भएको छ । माओवादी केन्द्रले वाईसीयललाई ब्युउँताएर सशक्तर र सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।

शान्ति प्रक्रियामा आएलगतै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रुपमा वाईसीयल गठन गरेको थियो । देसभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै युथ फोर्स गठन गरेको थियो । दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भिडन्तका साथै युवा संगठनका नाममा ज्यादती बडेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २ साउनबाट सुरु भएर शनिबार सम्पन्न सचिवालय सदस्यहरुको बैठकले २ र ३ भदौमा वाईसीएलको सम्मेलन गर्ने र सक्रिय बनाउने निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments