सरकारले तत्कालका लागि महिलालाई कामदारका रुपमा विदेश जान प्रतिवन्ध लगाएको  छ ।

नेपाली महिलाहरुमाथि विदेशमा दुव्र्यवहार हुन थालेपछि सरकारले तत्कालका लागि विदेश पठाउने काममा रोक लगाउने निर्णय गरेको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच लामो छलफलपछि परराष्ट्र मन्त्रालयले तत्काल महिला कामदार विदेश नपठाउन पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।

सरकारले पुर्वाधार तयार नभएसम्मका लागि महिलालाई कामका लागि विदेश जान स्थगित गरेको हो । विशेष गरी खाडी मुलुकमा नेपाली कामदार महिलामाथि घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका समस्या नेपाली महिला कामदारले व्यहोर्नु परेको छ ।

Comments

comments