नयाँ दिल्ली: पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले देशमा संकट ल्याउने काम भारतीय जनता पार्टीले गरेको आरोप लगाएकी छन् ।

पश्चिमबंगालको पहाडी सहर दार्जीलिङमा गोरखाल्यान्डको आन्दोलन भड्काउने काममा सत्तारूढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको हात रहेको बताउँदै बनर्जीले यस्तो आरोप लगाएकी हुन् ।

केहीदिनअघि पश्चिमबंगालको एक जुलुसलार्इ सम्बोधन गर्दै बनर्जीले भाजपा सरकारमाथि निशाना साँधेकी हुन् ।  ‘आज देशमा अमत्य सेन जस्ता मानिस पनि सुरक्षित छैनन्’, उनले भनिन्, ‘हामी ९ अगस्टबाट ३० अगस्टसम्म ‘बीजेपी भारत छोड’ आन्दोलन  सुर गर्दैछौँ ।’

ममताले गोरक्षकको नाममा मानिसलार्इ भाजपाले राक्षस बनाइरहेको अर्को आरोप पनि लगाएकी छन् । अब आफूहरू के राख्ने के नराख्नेबारे फैसला गर्ने अवस्थामामा पुगेको उनले बताइन् ।

पश्चिम बंगालकी मुख्य मन्त्री समेत रहेकी उनले दार्जीलिङ पहाडमा बाहिरी तत्व पसेर गडबडी गरेको दावी गरिन् । तर उनले त्यहाँ साम्प्रदायिक हिंसा कुनै पनि हालतमा हुन नदिने जिकिर गरिन् ।

शारदा घोटाला मामलाको जिकिर गर्दै उनले भाजपा आफ्नो पार्टी फुटाउने अभियानमा लागेको पनि दावी गरिन् । भाजपाले आफ्ना नेताहरूलार्इ धम्क्याइरहेको बताउँदै उनले शारदा-नारादाको नाममा नधम्क्याउन पनि चेतावनी दिइन् ।

हालै मात्र पश्चिमबंगालमा भएको साम्प्रदायिक हिंसातर्फ इशारा गर्दै उनले तृणमूल कांग्रेस का ‘पहरेदार’ कुनै पनि किसिमको अफवाहविरूद्ध तयार रहेको चेतावनी दिइन् । ममताले दंगा फैल्याउने कसैलार्इ पनि नछाडिने पनि उल्लेख गरिन् ।

उनले सन् २०१९ मा हुने चुनावको परिणामलार्इ आफ्नो गोजीमा पार्न खोज्ने भाजपाको प्रयासमाथि तिखो टिप्पणी गर्दै उनीहरूको गोजीमा प्वाँल परिसकेको पनि नभुल्न चेतावनी दिइन् ।

ममताले आफू सोनिया गान्धी, नवीन, अरविन्द केजरीवाल, लालु यादव, नितिश कुमार, उमर अब्दुल्ला  जस्ता भाजपा र मोदीविरूद्ध मोर्चा बनाएकासँग साथमा रहेको बताउँदै सन् २०१९ मा भाजपालार्इ कुल्चिन सक्षम रहेको पनि उल्लेख गरिन् ।

केन्द्र सरकारको विदेश नीतिमाथि प्रश्न उठाउँदै उनले अहिले छिमेकी देशसँग सम्बन्ध नराम्ररी विग्रेको तर्फ पनि मोदी र भाजपामाथि तिर हानिन्न ।

‘आज हाम्रो सम्बन्ध नेपाल, बांग्लादेश र भुटानसँग बिग्रिसकेको छ’, उनले भनिन्, ‘तृणमूल कांग्रेस देशको रक्षा गर्न सक्षम छ ।’ उनले कश्मीरमा त केबल एउटा मात्रै देशसँग सिमाना रहेको बताउँदै बंगालादेश र नेपालसँग तीन देशको सीमाना जोडिएको पनि सम्झाइन् ।

‘यदि बंगालादेशलार्इ केही समस्या भएमा देशका लागि धेरै खतराको अवस्था उत्पन्न हुनेछ’, उनले भनिन्, ‘भाजपा र मोदीका कारण छिमेकीसँग सम्बन्ध बिग्रिसकेको छ, देशमा पनि दंगा भइरहेको छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments