काठमाडौं । यस वर्षको श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीकै दिन उपकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको छ ।

साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यवाटिका लगायत ग्रन्थमा उल्लेख गरिएको समितिले जनाएको छ । सबै शास्त्रहरुको आधामार यो निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो  ।

गोसाइँकुण्ड, कुम्भेश्वरलगायत कुण्ड एवम् पोखरीमा लाग्ने स्नान मेला, जात्रा र नेवारी समुदायमा प्रचलित भ्यागुतालाई भात खुवाउने पर्व भने साउन २३ गते पूर्णिमाका दिन गर्न हुने समितिले जनाएको छ ।

चन्द्रग्रहण र संक्रान्तिका दिन श्रावण शुक्लपूर्णिमा परेमा उपाकर्म, ऋषि तर्पणी र रक्षाबन्धन पर्व नागपञ्चमीमा मनाउनुपर्ने शास्त्रीय वचन रहेको ढुङ्गेलले बताए ।

यसअघि विसं १९६२, १९८२, २०२८ र २०४७ मा पनि श्रावण शुक्लपूर्णिमामा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमा उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments