वाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले बाढी प्रभावितहरुको समस्या सरकारले दिर्घकालिनरुपमा समाधान गर्ने गरि पहल थालेको बताउनुभएको छ ।

बाढी प्रभावित मध्यपश्चिम क्षेत्रको निरीक्षण पछि आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले सरकारले बाढीबाट विस्थापित भएकाहरुको उचित बसोबासका दिर्घकालिन समाधान दिने बताउनुभयो । बाढीपहिरो पीतिहरुले ठाउँठाउँमा राहत नपाएको गुनासो गरिरहेका बेला मन्त्री थापाले अब कसैलेपनि राहतका लागि समस्या झेल्न नपर्ने आश्वासन दिनुभयो ।

बर्दिया र सुर्खेतमा रकम अभावले नै मृतकका काजक्रिया रोकिएको भन्ने खवर आफुलेपनि पाएको भन्दै मन्त्री थापाले सरकारले जिल्ला तहमा पिडितका लागि पर्याप्त रकम पठाईसकिएको जानकारी दिनुभयो । मध्यपश्चिमका बाढी प्रभावित बाँके, बर्दिया, दाङ्ग र सुर्खेतमा साढे तीन करोड रुपैँया नगद वितरण गरिएको छ ।

Comments