काठमाडौं । यू-१९ विश्वकप अन्तर्गत एसियाली छनोट अन्तर्गत नेपालले सिंगापुरमाथि कठिन जित दर्ता गराएको छ ।

घरेलु टोली सिंगापुरले ४३ ओभर सकिँदा ५ विकेट गुमाएर १३९ बनाएको अवस्थामा उसँग जितका लागि ४२ बलमा ३० रन चाहिएको थियो । त्यो बेला सिंगापुरसँग ५ विकेट थियो ।

उम्किसकेको खेलमा नेपालले कमब्याक गर्दै सिंगापुरलार्इ धरासायी बनायो । नेपाली बलर अन्तिम अवस्थामा चम्किएपछि केबल ७ रन खर्चेर ५ विकेट लिँदै २२ रनको जित निकाले ।

४४ औं ओभर भइरहेको अवस्थामा नेपालका कप्तना सन्दीप लामिछानेले हन्सुल दीपकको विकेट लिन सफल भए । उनैले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि आउट गरे ।

त्यसपछि लगत्तैको ओभरमा किशोर महतोले सिंगापुरको आठौं विकेट चट्काए । ४७ औं ओभरको पाँचौँ बलमा सपन सरार्फले बिबी विक्रमलार्इ पेभेलियन पठाएपछि नेपालले जित निकाल्यो ।

पराजित भएको सिंगापुरका लागि हन्सुल दीपले सर्वाधिक ३२ रन बनाए भने सिद्धान्तले २५, आर रोहनले २३ र सेन अग्रवालले २१ रन बनाउन सफल भए । युवराजले पनि ११ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीपले ४ विकेट लिए भने पवन सरार्फ र किशोर महतोले २-२ विकेट लिन सफल भए । त्यसैगरी दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

यसअघि टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।

नेपालले २० रन बनाएको अवस्थामा पहिलो विकेटकोरूपमा अनिल साहलाई गुमायो । उनले केबल ७ रन मात्रै बनाउन सके । नेपालले  ३२ रन बनाएको अवस्थामा प्रनिथ थापामगर ८ रनमा आउट भए । आरिफ शेख पनि ७ रन बनाउँदै बाहिरिए ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले ३५ रनको साझेदारी गर । सन्दिपले २६ रन बनाउँदै पेभेलियन फर्के ।

त्यसपछि रोहितकुमार १५ रनमा आउट भए । पवन सरार्फले २ रन मात्रै जोडे । त्यसपछि दिपेन्द्रसिंह ऐरी अर्धशतक अर्थात ५४ रन बनाउँदै पेभेलियन फर्के ।

नेपालका लागि प्रकाशले २३ रन बनाउन सफल भए भने सन्दिप लामिछोनेले ५ र ललित राजवंशीले १ रन जोडे । अन्तिमक्रमका किशोर महतो १ रन बनाउँदै नटआउट रहे ।

सिंगापुरका लागि बीबी विक्रमले ३ विकेट लिए । त्यसैगरी आहान गोपीनाथ आचार र आर्यमन सुनिलले २-२ विकेट लिन सफल भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments