कर्मचारी विनियमावली संशोधन गर्नु पर्ने भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन ।

आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाल वित्तिय संस्था कर्मचारी संघमा आवद्ध बैंकका कर्मचारीहरुले आज गभर्नर डा. युवराज खतिवडा तथा डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन  । कर्मचारीहरुले बैंकको मूलगेटमा भेला भएर गभर्नर र डेपुटी गभर्नरलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् । गभर्नर डा. युवराज खतिवडाले कर्मचारी विनियमावली संशोधनको मागलाई बेवास्ता गरेको कर्मचारीहरुको आरोप छ ।

Comments

comments