दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएको बालिका बलात्कार सम्बन्धी मुद्दा गाउँमै मिलाउन पीडक पक्षले दबाब दिएको छ । उक्त मुद्दा गाउँमै नमिलाए खानेपानीको लाइन नै काटिदिने चेतावनी दिएको पीडित परिवारले बताए ।

भीमेश्वर नगरपालिका–७ मकैबारीकी ६ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका ८४ वर्षीय रघुनाथ सुवेदीलाई छुटाउन गाउँका टाठाबाठा लागेको पीडित परिवारको आरोप छ । परिवार र छोरीले न्याय नपाउन लागेको भन्दै पीडित परिवार न्याय माग्न बिहीबार सदरमुकाम चरिकोट आएको छ । पीडक पक्षले गाउँमै कुरा मिलाउन दबाब दिनुका साथै खानेपानीको लाइन पनि काटिदिने चेतावनी एिको उनीहरुले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखामा मुद्दा दर्ता भएदेखि नै विभिन्न खाले दबाब झेल्दै आएको पीडित परिवारले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments