मेलबर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको सातौँ राष्ट्रिय अधिवेशन हुने भएको छ । आगामी जुलाई २२, शनिबारका दिन क्विन्सल्याण्ड राज्यको ब्रिसबेन सहरमा अधिवेशन हुन लागेको हो ।

अधिवेशनमा मोटिभेस्नल स्पिकरको रुपमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई निम्त्याइएको छ ।

बिहान १० देखि १२ र दिउँसो १ देखि ४ बजेसम्म गरि दुई सेसनमा हुने कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म हुने राखिएको गाला डिनरमा भने ५१ डलर शुल्क राखिएको छ । यस संगै पुरस्कार वितरणको कार्यक्रम पनि रहेको आयोजकले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments