काठमाडौँ । आइसीसी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत भएको तेस्रो खेलमा नेपाल पराजित भएको छ ।

दुई खेलमा जीत निकालेको नेपाल तेस्रो खेलमा अफगानिस्तानसँग १ सय ४१ रनले पराजित भएको हो । पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो ।

खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो । दोश्रो विकेटका रुपमा सन्दिप सुनार २ रनमा पेभेलियन फर्केपछि नेपाल थप संकटमा परेको थियो । दुवै ओपनरलाई मुजिब रहमानले आउट पारेका थिए ।

मध्यक्रममा ब्याटिङ गर्न आएका उपकप्तान दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउंदै १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जद्रानले ४३ ,नविद ३३,स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन र दार्विस रसुलीले १४ रन बनाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments