मेलबर्न । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले भिक्टोरियाकी गर्भनर लिन्डा डिसायूलाई भेट गर्नुभएको छ । गभर्नर डिसायुको कार्यकक्षमा भएको भेटघाटमा मन्त्रि श्रेष्ठ संगै राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशी पनि हुनुहुन्थ्यो ।

भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अष्ट्रेलिया सरकारले गरेको सहयोगप्रति आभार साथै अष्ट्रेलियामा नेपालीहरुले पाएको सद्भावका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपालबाट ल्याएको पस्मिनाको सल तथा नेपाली हस्तकलाका सामग्रीहरु गभर्नर डिसायूलाई प्रदान गर्नुभयो ।

गभर्नर डिसायुले आफ्ना बाबु-आमाले नेपाल भ्रमण गरेको प्रसङ्ग उल्लेख गर्दै नेपालसंग आफू नजिक रहेको र नेपाल जान चाहेको इच्छा व्यक्त गर्नुभएको थियो। यस भेटघाटले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास गरिएको छ ।

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको टोली हाल अष्ट्रेलिया भ्रमणमा रहेको छ । संघीय प्रणालीमा शिक्षाको विकास र व्यवसायिक शिक्षाको अवलोकन भ्रमणको लागि टोलि गत शनिबार मेलबर्न आइपुगेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments