काठमाडौं । आईसीसी यु –१९ एसिया विश्वकप छनोट खेल अन्तरगत खेलमा अहिले नेपाल र टेष्ट मान्यता राष्ट्र अफगानिस्तान बीच खेल भइरहेको छ । आईसीसी यु –१९, एसिया छनोट खेल अन्तरगत अन्तिम खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र अफगानिस्तानसँग खेलेको हो ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी खेलमा अहिले ब्याटिङ गरिरहेको छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोली टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यु –१९ विश्वकपको यात्रा बलियो बनाउन चाहन्छ ।

अघिल्ला दुई खेलको लगातार जितले नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ । छनोट खेलमा नेपालले पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ४ विकेट तथा दोस्रो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । अफगानिस्तान पनि दुई खेलमा अपराजित छ । गत बर्षको छनोटमा अफगानिस्तान नेपालको तगारो बनेको थियो ।

छनोटमा नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । समान अंक भए पनि नेट रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ । नेपालले चौथो खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments