काठमाडौं। बार्सिलोनाका २५ वर्षीय खेलाडी नेइमारले लियोनल मेस्सीको छायाबाट बाहिर आउन बार्सिलोना छोड्न सक्ने आंकलन गरिएको छ । बिबिसीसँग दक्षिण अमेरिकी फुटबलका विशेषज्ञ टिम विकेरयीले सो कुरा बताएका हुन् ।

त्यस्तै ब्राजिलका विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका डेली मेलले नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेको छ । पिएसजीले नेइमार अनुबन्धका लागि बार्सिलोनालाई १ सय ९५ मिलियन पाउण्ड तिर्न तयार रहेको समेत उल्लेख गरिएको छ।

तर स्टारले भने बार्सिलोनाका उपाध्यक्ष जोडी मेस्ट्रेले , नेइमारले क्लब नछोड्ने बताएको उल्लेख गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments