अष्टेलियाकै सबैभन्दा चर्चित होटल क्राउन क्यासिनो मेलबर्नको फ्युजन नाइट क्लबको  स्टेजमा पोखरेली ब्याण्ड डि–मर्चाका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठ ‘नेपालका छोरा हामी, सवै नेपाली, दौरा र सुरुवाल शिरमा टोपी पाल्पाली, लौ आयो गोरखाली’ गीत गाउँदै उक्लिए | राष्ट्रप्रेमले भरिएको गीत मनपर्ने गायकले आफ्नै आगाडी आएर गाइदिए पछि देश छोडेर  युवा जोशमा उभिएका प्रवासी नेपाली मन किन अडिन सक्थ्यो  | अगष्ट ३१ आइतबारको साँझ देखि डि–मर्चाका साथमा झुमेका नेपाली युवायुवतीहरुले झन्डै छर्लङ्ग रात कटाए |

10458063_1551788391716321_5129267943836990964_n

10314561_315735945272223_3940533717382733695_n

 चहलपहल मेलवर्नको आयोजनामा आइतबार राती भएको उक्त  कार्यक्रममा श्रेष्ठले मात्रै झण्डै डेढ घण्टा दर्शकलाई मनोरञ्जन दिलाएका थिए । नेपाली समुदायले होटल क्राउन क्यासिनोमा पहिलोपटक गरेको कार्यक्रममा हजारौं दर्शककाबीच श्रेष्ठले झ्याम्म झ्याम्म, तारा खस्यौली, झ्याम्मै चौतारी, छ भने मायाँ, हुन्दे रे लगायतका आफ्ना चर्चित गीतहरु गाएका थिए । व्याण्डका साथीहरु बिनानै कार्यक्रममा सहभागि भएका श्रेष्ठलाई न्यूजिल्याण्डका डिजे बि.रकले साथ दिएका थिए । श्रेष्ठको गीतमा दर्शकहरुले सँगसँगै गाएर साथ दिएका थिए भने नाच्न जान्नेले नाचेर र अन्यले कम्मर मर्काएरै भएपनि श्रेष्ठलाई हौस्याएका थिए । श्रेष्ठले झ्याम्म, झ्याम्म र आयोग गोरखाली गीत गाउँदा वान्स मोर, वान्स मोरको अफर आए पछि उनले गोरखाली गीत दोहोर्याएर नै गाइदिए |

10641220_315964831916001_2655847907391670441_n

10429301_1551819738379853_7244764121345218365_n

कन्सर्टमा अष्ट्रेलियामा रहेका  नेपाली, भारतीय र अष्ट्रेलियन युवायुवतीहरुको ठुलो सहभागिता थियो |  गीत नबुझे पनि  नेपाली संगीतमा पहिचान बनाएको डि–मर्चाको संगीतले तानेको विदेशी युवायुवतीहरुले बताएका थिए | करिब ६ घण्टा निरन्तर चलेको सांगीतिक कार्यक्रममा  नेप्साईडाज, डिजे क्न हेलियर, नाईन डबल सेभेन, जङ्गी निशान, डर्टी आर, डिजे ट्वेन्टी लगायत त्यहाँका स्थानीय नेपाली  गायक- गायीकाहरुले  पनि आफ्नो प्रस्तुती पस्किएका थिए |

एइसिसि ग्लोबल को प्रस्तुति रहेको डि-मर्चा लाइभ कन्सर्ट कार्यक्रमबाट उठेको रकम मध्ये केही प्रतिशत सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई सहयोग प्रदान गरिने आयोजक चहलपहल मेलवर्नले जनाएको छ ।

Comments

comments