काठमाडौं । सत्तारुढदल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक–राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्म भाँडभैलो छ । 

पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनु पर्ने संरचना बनेको छैन भने सबैभन्दा माथिल्लो निकाय केन्द्रीय केन्द्रीय समितिकै कति नेत अहिले कुन अवस्थामा छन् भन्ने नेतृत्वलाई नै थाहा छैन । पार्टीको केन्द्रदेखि कहाँ कति संख्याको कमिटी बनेको छ भन्ने तथ्यसमेत माओवादी केन्द्रसँग छैन ।

समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा सबैभन्दा बढी उठाउँदै आएको उसले भद्दा र ठूलो आकारका संगठन निर्माण गरेको छ । ठूलो आकारका संगठन बनाएपछि माओवादी आफैंले भन्दै आएको ‘जवादी केन्द्रीयता’को अभ्यास उसका सदस्यले कमिटीमा बसेर गर्न पाएका छैनन् । जसले गर्दा पाती संगठनमा निर्णय अधिकार सीमित व्यक्तिमा केन्द्रित छ ।

त्यसमाथि नेतापिच्छेका गुटले पार्टी संगठनलाई कमजोर बनाएको छ । पार्टी सचिवालय बैठकमै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र ‘जोवन ढल्काउने’ र ‘गुटबन्दी गर्न चुनौती दिनुपरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments