काठमाडौँ । एक वर्षअघिसम्म दैनिक १८ घन्टाको लोडसेडिङले देशको अर्थतन्त्र अस्तव्यस्त थियो । तर नेपालमा हुने चरम लोडसेडिङ हट्दै गएपछि अहिले देशमा सञ्चालित उद्योग पुर्णक्षमतामा चल्न थालेका छन् ।

लगातार विद्युत् उपलब्ध भएपछि त्यसको प्रभावले देशको औद्योगिक क्षेत्रले गति लिन थालेको छ । केही उद्योगहरू अहिलेबाटै पुर्णक्षमतामा चल्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बिजुली आपूर्ति बढेकै कारण उद्योगहरूले आफ्नो जडित क्षमताको उपयोग बढाएर उत्पादनलार्इ वृद्धि गरेका छन् ।

उद्योगहरूको जडित क्षमता बढाइएपछि औद्योगिक उत्पादन पनि बढ्न जान्छ जसले देशको अर्थतन्त्रमा सिधै सकारात्मक प्रभाव पार्छ । उद्योगहरू बढी क्षमतामा चलेर आन्तरिक उत्पादन पनि बढेपछि कहाली लाग्दो मूल्य बढ्ने गति अहिलेसम्मकै तल्लो तहमा सीमित भएको छ । जसले गरिखाने बर्गका नेपालीले सबैभन्दा धेरै राहत महसुस गरेका छन्।

राष्ट्र बैंकबाट सार्वजनिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७३/७४ अनुसार उद्योगहरुको औसत क्षमता उपयोग यो एक वर्षमै ५४.२ प्रतिशतमा पुगेको छ । गत वर्षको यसै अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग ३९.५ प्रतिशत मात्रै रहेको थियो ।

समीक्षा अवधिमा विद्युत आपूर्तिमा आएको सुधारले उद्योग क्षेत्रमा सकारात्मक प्रभाव परेको राष्ट्र बैंकले जनाएको छ । देशमा कुनै किसिमको बन्द हड्ताल जस्ता राजनीतिक अवरोधजन्य क्रियाकलाप नहुँदा पनि औद्योगिक उत्पादनले गति लिन सकेको हो ।

यो एक वर्षयता चाउचाउ उद्योगहरूले पूर्ण क्षमता उपयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्युत् उत्पादन बढेपछि सबैभन्दा बढी फलामको छड र पत्तीको उत्पादन १७२.६ प्रतिशतले बढेको छ ।

त्यसैगरी आत्मनिर्भरताको बाटोमा लम्किरहेको सिमेन्टको उत्पादन पनि ह्वात्तै बढेको छ । प्रतिवदेन अनुसार देशका सिमेन्ट उद्योगको उत्पदान ६१ प्रतिशतले बढेको हो ।

त्यसैगरी इँटाको उत्पादन १३.० प्रतिशतले बढ्न पुगेको छ भने चिरेको काठको उत्पादन ७६ प्रतिशतले वृद्धि भएको छ । यी वस्तुहरूको उत्पादन बढ्दा देशको विकास निर्माण क्षेत्रले गति लिने गर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments