काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि हालै मात्र सिफारिसमा परेका एकजना डिएसपीलार्इ निलम्वन गर्न गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्देशन दिनुभएको छ ।

पाँच वर्षअघि रामेछापको लिखु गाउँकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या गर्नेलार्इ भगाएको  आरोप लागेका डिएसपी सञ्जीव शर्मालार्इ निलम्वन गर्न गृहमन्त्री शर्माले निर्देशन दिनुभएको हो ।

सुन्तलीको हत्यामा संलग्नलार्इ उन्मुक्ति दिलाउन भूमिका खेलेका शर्माले पीडित पक्षको उजुरीसमेत नलिइ अभियुक्तलार्इ भारततर्फ भाग्न सहयोग गरेको आरोप लागेको छ ।

‘सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले डिएसपी सन्जीव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो’, मन्त्री शर्माले भन्नुभएको छ, ‘सबैमा हार्दिक धन्यवाद । सन्जीव शर्माबारे थप अनुशन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’

१४ वर्षीया सुन्तलीलार्इ बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परेर छुटेर फरार भएका श्याम राउतलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको थियो ।  उनैलार्इ भगाउनका लागि डिएसपी सन्जीव शर्माले भूमिका खेलेको पीडित पक्षको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments