काठमाडाैँ । चर्चित लोकगायक बद्री पंगेनीसहित ११ जनालार्इ मंगलबार राति काठमाडौँको एक घरमा भइरहेको जुवाको खालबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँको बाँसबारीस्थित एउटा घरमा जुवा खेलिरहेको स्थानबाट गायक पंगेनीसहित ११ जनालाई महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । तर गायक पंगेनीले भने आफू पक्राउ परेको कुराको खण्डन गर्नुभएको छ ।

जुवाको खालबाट पक्राउ परेकाहरुलाई महारगन्ज प्रहरीको हिरासतमा राखेर बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बुझाइएको छ ।

आफू जुवाको खालबाट पक्राउ परेको समाचार सार्वजनिक भएपछि गायक पंगेनीले आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।उहाँले आफू मंगलबार राति कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही घरमै रहेको दाबी गर्नु भएको छ ।

‘मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ’, उहाँले भन्नुभएको छ, ‘उहाँहरु तास खलिरहेको अवस्थामा समातिनु भएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ ।’

गायक पंगेनीले आफू पक्राउ परेको कुराको सिधै खण्डन गर्नुभएको छ । ‘जसरी आफैँ पक्राउ परेको भनी मेरो मानमर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु’, उहाँले भन्नुभएको छ, ‘साथै, मेरोबारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments