मेलबर्न । पढाइ र कमाइ गर्ने उदेश्यले अष्ट्रेलिया आउने नेपालीहरुको संख्या बढ्दोछ । त्यसैले अष्ट्रेलिया अहिले नेपालीहरूको सपनाको देश बनेको छ । तर,सुखको खोजीमा यहाँ आएका कतिले दुख हण्डर समेत खानुपरेको छ ।

अष्ट्रेलियामा कति दुख र पीडा छ भन्ने कुरालाई गायिक अनिता सुवेदीले आफ्नो नयाँ गीत मार्फत उजागार गरेकी छिन् ।

नजिकिँदै गरेको तिजलाई सन्दर्भ बनाएर सुवेदीले ‘अष्ट्रेलिया आएँ बरी लै, पाउनु दुख पाएँ’ बोलको गीत र म्यूजिक भिडियो सार्वजनिक गरेकी हुन् । सुवेदीको शब्दलाई अष्ट्रेलियामै बस्दै आएकी लोकगायिका मञ्जु पौडेलले गाएकी छिन् । गीतको लय भने गायक खुमन अधिकारीले तयार पारेका हुन् । अडियो, भिडियो विएमएस फिल्मस्ले तयार पारेको हो । ‘नजाऊ मलाई आमा भन्थ्यौं, आएँ आफ्नै रहरले, पिआर पाउने मिठो सपना र तान्य मलाई डलरले’, अनिताले आफ्ना भावलाई शव्दमा उतारेकी छिन् ।

म्युजिक भिडियोमा सुवेदीले अष्ट्रेलियामा भोगेका अनुभूतिलाई हुबहु प्रस्तुत गरेकी छिने । कुन्ती र पवित्राले अभिनय सहित नृत्य गरेको भिडियोमा नमितचन्द ठकुरीले छायाङ्कन गरेको म्युजिक भिडियोमा इन्दु पोखरेलको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियोको निर्देशन विजय थापाले गरेका हुन् । भिडियो सिड्नीका विभिन्न पार्कहरूमा छायाङ्कन गरिएको हो ।

Comments

comments