काठमाडौं । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्न सफल भएको हो ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा  ५  विकेट गुमाएर पुरा ग¥यो । नेपालको जीतमा आसिफ शेखले २३ तथा प्रनित थापा मगरले अविजित १८ रन जोडे । मलेसियाका लागि हफिजुद्दीनले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरको किफायती बलिङसामु २५ ओभर ५ बलमा अलआउट हुदैँ ५८ रनमा समेटिएको थियो ।

नेपाली बलरले कसिलो बलिङ गरेसँगै मलेसियाका कुनैपनि ब्याट्सम्यानले दाहोरो अंक जोड्न सकेनन् । सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट लिएका सन्दिपले ८ ओभर ५ बलमा एक मेडनसहित मात्र १७ रन खर्चिएर आज पनि ५ विकेट लिएका हुन ।

यस्तै नेपालका पवन सर्फारले ३ तथा किशोर महतो र सन्दिप सुनारले समान एक एक विकेट लिए । लगातार दोस्रो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ ।  अब तेस्रो खेलमा बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानको सामना गर्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments