काठमाडौं । नक्सालस्थित बृहस्पति विद्यासदनमा अध्ययरत १३ वर्षीय मनिष खड्का होस्टेलबाटै बेपत्ता भएका छन् ।

विद्यालयकै शिक्षकले सञ्चालन गरेको होस्टेलमा बस्दै आएका ७ कक्षमा अध्ययनरत मनिष बेपत्ता भएका हुन् । होस्टेलबाट आइतवार साँझदेखि हराएका खड्का अहिलेसम्म सम्पर्कमा नआउँदा परिवार चिन्तित बनेका छन् ।

केही समयअघि विद्यालयले होस्टेल बन्द गरेपछि मनिष विद्यालयमै कार्यरत कमल गुरुङले सञ्चालन गरेको निजी होस्टेलमा बस्दै आएका थिए ।

रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका सिताराम खड्काका छोरा मनिषलाई आइतबार अपरान्ह ४ बजे श्रीमती मन्जुसहित भेटेर आएका थिए । तर, खड्काले सोहि दिन साँझ ६ बजे छोरो हराएको खबर पाएको बताए । खड्का दम्पती छोरालाई मःम र चिसो पेय लिएर भेट्न गएका थिए । छोराकै आग्रह अनुसार नयाँ झोला पनि लगिदिएको खड्काले बताए ।

होस्टेल सञ्चालक गुरुङले मनिष नयाँ झोला र बाबु आमाले ल्याइदिएको खानेकुरा समेत लिएर बाहिरिएको बताए । मनिषलाई होस्टेलमा भेट्न गएका सितारामले २ सय रुपैयाँ समेत दिएका थिए ।

साँढे ४ बजे हाँसिखुसी छाडेर हिँडेको छोरा एक घण्टामै हराएको खबरले आमा बाबु चिन्तामा छन् । उनीहरुले महानगरीय प्रहरी प्रभाग कमल पोखरीमा जाहेरी दिएका छन् । होस्टेलको लापरवाहीले आफ्नो छोरा हराएको सितारामको आरोप छ । होस्टेलमा वार्डेन नभएको र गेटमा गार्ड समेत नबस्ने उनले बताए । २०–२५ जना बालवालिका राखिने होस्टलको सुरक्षा फितलो हुँदा आफ्नो बच्चा बेपत्ता भएको खडकाको भनाई छ ।

मनिषको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आफन्त र नातेदारकोमा नपुगेका मनिष कहाँ गए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन् । छोरालाई कसैले अपरहणमा पर्नुपर्ने कारण र कसैप्रति शंका नरहेको खड्काले बताउनु भयो । ।

होस्टेल सन्चालक गुरुङले मनिष सिधा र कसैसँग धेरै नबोल्ने स्वभावक भएकाले उसका साथी पनि कमै हुने गरेको बताए । उनी बाबु आमाले साउने सक्रान्ति मनाउन घरमा नलगेकोमा रिसाएको आशंका गुरुङको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments