प्रधानमन्त्री सुशील कोईरालाले मुलुकमा विद्यमान उर्जा संकट हटाउँन भारतसंग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागिएको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा विभिन्न संघसंस्थाको राहत बुझ्ने क्रममा प्रधानमन्त्री कोईरालाले नेपालको हितमा पीडीए सम्झौता हुन लागेको भन्दै कुनै पनि भ्रमको पछि नलाग्न समेत आग्रह गर्नुभयो । उहाँले छिट्टै मुलुकबाट अध्यारो हट्ने समेत दाबी गर्नुभयो । प्रधानमन्त्री दैवी उद्धार राहत कोषका लागी मनाङ सेवा समाजले ४ लाख २१ हजार, हिमशिखर सोसाईटिले एक लाई २० हजार र वल्र्ड लिंक ५ लाख सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री कोईरालाले बाढिपिडितका लागी आएको सहयोगलाई बास्तबिक पिडितसम्म पुराउने प्रतिवद्धता समेत जनाउनुभयो ।

Please follow and like us:

Comments