अब बन्ने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ ।

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको बैठकले नयाँ संविधानको नामबारे सहमति जुटाएको हो । संविधानको नाम सर्वसम्मतीले चयन गरिएको बताइएको छ । बैठकले संवैधानिक परिषद् र राजदुत नियुक्तिमा पनि सहमति जुटाएको छ । स्रोतका अनुसार संवैधानिक परिषद् ५ सदस्यीय हुनेछ ।

प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिश, सभामुख र एक महिला परिषद्को पदाधिकारी रहने सहमति भएको छ । यस्तै राजदुत नियक्तिमा समावेसीको सिद्धान्तअनुसार गर्ने सहमति भएको छ । समानुपातिक प्रतिनिधित्वका आधारमा राजदुत नियुक्तिको व्यवस्था गर्ने सहमति भएको हो । दलहरुबीच सबैभन्दा बढि विवादित रहेको राज्र्यपुनसंर्रचना र राज्यको शासकीय स्वरुप बारे भने बैठकमा छलफल नै नभएको बताइएको छ ।

Comments

comments