भोजपुर । भोजपुरको अरुण गाउँपालिका—५ याकुकी ११ बर्षीय बालिका गर्भवती भएको थाहा पाएपछि परिवारले केटाको जिम्मा लगाएसँगै बालिकाको बिचल्ली भएको छ ।

सोही ठाउँका २० बर्षीय दुर्गाबहादुर श्रेष्ठले ललाइ फकाई बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको गाउँलेले बताए । ती बालिका गर्भवती भएको थाहा भएपछि पीडक युवकले गाउँ छाडेका थिए । तर केटा र केटी पक्षको सहमतिमा परिवार र समाजले बालिकालाई ति यूवककै जिम्मा लगाएको बालिकाका बुबाले बताए । अहिले बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ ।

उनले भने, म भारतमा काम गर्दै थिए घर आउँदा थाहा पाएपछि केटा र केटीकै सहमतिमा केटाको जिम्मा लगाएका हौ । तर अहिले केटाले बेवास्ता गर्दा छोरीको विचल्ली भएको उनको गुनासो छ ।

घटना अनुसार पिडक यूवा दुर्गाबहादुरले गत ९ पुस २०७३ मा बालिकासँग शारीरिक सम्बन्ध राखेका थिए । पिडित बालिका स्थानिय पञ्चकन्या आधारभुत विद्यालयमा कक्षा ७ मा पढ्दै थिइन । परिवार र समाजले गत १० असारमा बालिकालाई केटाको जिम्मा लगएका थिए । हाल पिडक दुर्गाबहादुरको अत्तोपत्तो नभएको बालिकाका बुबाले जानकारी दिए ।

प्रचलित कानुन अनुसार केटालाई कार्काही गर्ने र बालिकाको उद्धार गर्नु पर्ने महिला तथा बालबालिका कार्यलयले जनाएको छ । महिला तथा बालबालिका कार्यलय भोजपुरकी प्रमुख पुष्पलता उप्रेतीले भनिन् हामिलाई लिखित रुपमा कुनै उजुरी आएको छैन तर पनि मैले बालिकालाई भोजपुर झिकाएकी छु । प्रमुख उप्रेतिका अनुसार अव बालिकाको स्वास्थ परीक्षण हुनेछ । पडित बालिकाको उद्धार गर्ने पडिक युवकलाइ कानुन बमोजिमको बारवाही गर्ने उनले बताइन । समाजले जे गरेपनि यो जघन्य अपराध हो , त्यही अनुसार कारबाही हुन्छ , उनले भनिन् । पीडीत बालिकाको बारे हालसम्म कुनै लिखित उजुरी नआएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments