हाल नेपालमा प्रदर्शन भैरहेको नायिका नम्रता श्रेष्ठको नयाँ चलचित्र ताण्डव छिट्टै अष्ट्रेलियाली नेपाली दर्शकहरुले पनि हेर्न पाउँने भएको छ ।

स्म्यासिङ एप्पलका लागि मोहन डोटेलले प्रस्तुत गरेको चलचित्र ताण्डवमा नायिका नम्रताको साथमा आशिष राना लाउरे नायकका रुपमा मूख्य भूमिकामा छन् । लाउरे विशेष गरी युट्युव मार्फत नेपाली युवा दर्शकहरु माझ र्यापरका रुपमा परिचित छन् ।

मुर्रे केर यस चलचित्रका निर्देशक हुन् । उनले यसअघि सिक सिटीको निर्देशन गरेका थिए । चलचित्र ताण्डवको यही सेप्टेम्वर २१ मा अष्ट्रेलियाको सिनेमा नोभामा विशेष प्रदर्शनी हुन लागेको हो । यो चलचित्र सस्पेन्स र थ्रिलरमा आधारित छ ।

Please follow and like us:

Comments