एजेन्सी । जासुसी गरेको आरोपमा इरानले शियु वाङ नामका चीन र अमेरिकाका दोहोरो  नागरिकलाई १० वर्षको जेल सजाय सुनाएको छ । शियु वाङ नामका ३७ वर्षीय अमेरिकी नागरिकले अमेरिका र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै इरानले कैदको सजाय सुनाएको हो ।

शियु वाङले राजनीतिक प्रणालीबारे जानकारी लिन जासुसी गरेको आरोपमा जेल सजाय सुनाइएको बताइएको छ । वाङलाई राज्य विभाग र पश्चिमी शैक्षिक संस्थामा पठाउन गोप्य लेख संकलन गर्ने गरेको आरोप लागेको छ । वाङ प्रिन्सटन विश्वविद्यालयमा अध्यनरत छन् ।

यसैबीच आफ्नो नागरिक पक्राउ परेकोप्रति अमेरिकाले आपत्ति जनाउँदै झुठो आरोपमा तत्काल रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न आग्रह गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments