भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षीया बालिका गर्भवती भएको समाचारले सनसनी मच्चाएको छ । गाउँकै २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले प्रलोभनमा पारेर यौनसम्बन्ध राखेपछि गर्भवती भएकी ती बालिकाले गाउँ नै छाड्नु परेको छ ।

गर्भवती भएकी बालिकालाई केटा र केटीको सहमतिका नाममा परिवारले समाज भेला बोलाएर  केटाको जिम्मा लगाइएको उनका बाबुले भने । ‘छोरीको पेटमा ६ महिनाको गर्भ रहेछ’, उनले भने, ‘म रोजगारीका लागि भारतमा थिएँ, घरमा आएपछि थाहा पाएर केटा र केटीको सहमतिम जिम्मा लगाइएको हो । तर, अहिले आएर केटाले बेवास्ता गर्दा छोरीको विचल्ली भएको छ ।’

प्रहरीले अनुसन्धानपछि बालिकासँग ती युवाले २०७३ पुस ९ गते शारीरिक सम्बन्ध राखेको खुलेको छ बालिका स्थानीय पञ्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत थिइन् । बालिका अहिले झापामा रहेकी छन् भने केटाको अत्तोपत्तो नभएको उनका बाबुले बताए । गाउँलेले भेला गरेर बालिकालाई असार १० गते दुर्गाबहादुरको जिम्मा लगाएका थिए ।

महिला तथा बालबालिका कार्यालय भोजपुरले भने कानुन अनुसार केटालाई कारबाही गर्ने र बालिकाको उद्धार गर्ने जनाएको छ । ‘हामीलाई लिखितरुपमा कुनै उजुरी आएको छैन । तर पनि मैले बालिकालाई भोजपुर झिकाएकी छु’, महिला तथा बालबालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पालता उप्रेतीले भनिन्,  ‘उद्धारपछि बालिकाको स्वास्थ्य परीक्षण हुन्छ । केटालाई कानुन बमोजिमको कारवाही हुन्छ ।’

यता जिल्ला प्रहरी कार्यालयले भने बालबालिकाको यौनसम्बन्ध र बालिका गर्भवती भएको विषयमा हालसम्म कुनै लिखित उजुरी नआएको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments