नेकपा एमालेको पदाधिकारी बैठक बस्ने भएको छ ।

मध्यान्ह १२ बजे सिंहदरबारमा बस्ने बैठकमा संविधानसभका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुन लागेको हो । संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय गर्न बैठक बस्न लागेको पार्टी सचिव युवराज ज्ञवालीले बताउनुभयो । संविधानका विवादित विषयमा छिटो सहमति गर्नुपर्ने भएकाले एमालेले विवादित विषयमा पार्टीगत धारणाउन बैठक बस्न लागेको हो ।

यसैबीच हिजो बसेको एमालेको  पधादिकारी बैठकले न्यय प्राणालीको विषयमा छलफल गरेको छ । बैठकले स्वतन्त्र न्ययप्रणालीलाई बलियो बनाउने, मुलुक संघियतामा गएपनि  अदालत भने अहिलेकै अवस्थामा हुनुपर्ने, न्यायधिकस नियुत्ती निष्पक्ष गर्नुपर्ने निर्णय गरेको सचिव ज्ञवालीले बताउनुभयो ।

Comments