भक्तपुर । भक्तपुर मिनीबस सेवा समितिले भक्तपुर–काठमाडौं नगर बस सञ्चालनमा ल्याएको छ ।

दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो । भक्तपुरबाट काठमाडौं जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिनुभयो ।

नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुर आउने र जाने गरी सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

मिनिबस सेवा समितिले यसअघि भक्तपुरबाट सूर्यविनायक, चाबहिल, नयाँबस पार्क, भक्तपुरबाट बानेश्वर हुँदै रत्नपार्क, भक्तपुरबाट सातदोबाटो हुँदै लगनखेल र जिल्लाका ग्रामीण रुटमा बस सेवा सञ्चालन गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments